काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउने विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
त्यहाँ युद्धरत तालिबानले आधाभन्दा बढी क्षेत्र कब्जामा लिइसकेको छ भने केन्द्रीय राजधानी काबुल पनि नियन्त्रणमा लिने अन्तिम चरणमा पुगिसकेको छ । जसले गर्दा अमेरिकालगायत विभिन्न देशले धमाधम त्यहाँबाट आफ्ना नागरिक फर्काउने प्रक्रिया थालेका छन् ।
‘अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउन विशेष प्रबन्ध गर्न राज्यले ढिला गर्नु हुन्न,’ नेता केसीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘२०१६ मा अफगनिस्तानको क्यानडियन एम्बेसीमा कार्यरत १४ नेपाली सुरक्षाकर्मीको हत्या भएको थियो । नेपालीहरूलाई तत्काल नेपाल फर्कन आवश्यक सबै व्यवस्था गरिहाल्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’
तपाईंको प्रतिकृया




