मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बोर्ड बैठक आज बिहान साढे ८ बजेका लागि बोलाएका छन् । गभर्नर अधिकारीले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको भए पनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री