सुनको मूल्यमा बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । विहिबार सुनको मुल्यमा बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सयले बढेर प्रतितोला ८९ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोला ८८ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ३५० रहेको छ । त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहदै प्रतितोला ११९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री