१६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बुबा र काका पक्राउ

काठमाडाैँ । पर्वतमा एक किशोरीमाथि बलात्कार गरेको आरोपमा किशोरीका बुबा र काका नाता पर्ने व्यक्ति पक्राउ गरेका छन् ।

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा किशोरीका ४४ वर्षीय बाबु र ३६ वर्षीय काका पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार किशोरीका बाबुले गत बैशाख २ गते र काकाले साउन २३ गरेको जाहेरीमा उल्लेख छ । किशोरीका दाइले उजुरी दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अनुसन्धानका क्रममा पीडित किशोरीकी आमा मानसिक रोगी भएको र काका पर्नेकी श्रीमतीले छाडेर गएको पाइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री