काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विक्री गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट भएको छ ।८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र बैंकले असार ३१ गतेदेखि साउन १४ गतेसम्म विक्री गरेको थियो ।
कुल कित्तामध्ये १२ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको ६० हजार कित्ता समेत गरी सर्वसाधारणका लागि र १८ लाख कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई बाँडफाँट गरिएको हो ।
बैंकले “८.५% माछापुच्छ्रे डिबेन्चर २०८७” नामको ऋणपत्र बाँडफाँट गरेको हो । ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
तपाईंको प्रतिकृया




