काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिश गरेको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील रहेको भन्दै निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराएका छन् ।
राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालबाट जानकारी दिदै भनेका छन्-‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु ।‘
अहिले भौतिक रुपमा उपस्थित भएर परीक्षा संचालन गर्न सुरक्षित नभएको भन्दै सरकारलाई परीक्षा स्थगित गराउन दबाब दिन सामाजिक सञ्जाल ट्वीटरमा समेत #CancelNEBExams भन्दै ट्रेन्ड समेत गराइएको छ । विद्यार्थीलाई खोपको सुनिस्चितता नभएसम्म परिक्षाको वैकल्पिक उपाय अपनाउनु पर्ने सरोकारवालाहरुले बताउदै आएका छन् ।




