काठमाडौं । सिभिल बैंकले कपिलवस्तुको तौलिहवा १ करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजश्व कार्यालय, कपिलवस्तु, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका छन् ।
कर कार्यलयमा बैंकको काउन्टर सञ्चालनमा आएसँगै त्यस क्षेत्रका सेवाग्राहीहरुले आन्तरिक राजश्व विभागसँग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्नेछन् ।
तपाईंको प्रतिकृया




