अन्तत: मेसीले बार्सिलोना छोडे

काठमाडौँ । लियोनेल मेसीले बार्सिलोना छोड्ने भएका छन् । बार्सिलोनाले मेसीसँग नयाँ सहमति नभएपछि उनले क्लब छोड्ने जानकारी गराएको छ । बार्सिलोनामा नयाँ सहमति गर्ने अनुमान गरिएका बेला बार्सिलोनाले यस्तो जानकारी गराएको हो ।

क्लब र मेसी दुवै सहमति गर्न इच्छुक भएपनि ला लिगाको नियम बाधक बनेका कारण मेसी बार्सिलोनाबाट नखेल्ने भएको क्लबले विज्ञप्ति मार्फत जानकारी छ । यस अघि बार्सिलोना र मेसीबीच ५० प्रतिशत पारिश्रमिक घटाएर पाँच बर्षको नयाँ सहमति भएको बताइएको थियो । तर बार्सिलोनाको अहिलेको आर्थिक अवस्थाले मेसीलाई ला लिगामा दर्ता गर्न नसकिने भएकाले उनले क्लब छोड्ने भएका हुन् ।

बार्सिलोनामा नखेल्ने भएपछि अब मेसी कुन क्लबबाट खेल्छन् भन्ने कौतुहलता बढेको छ । अहिले मेसीलाई अफर गर्ने सक्ने दुई क्लब म्यानचेस्टर सिटी र पिएसी प्रमुख रुपमा अगाडी देखिएका छन् । त्यस्तै मेसीले आफ्नो पूर्व क्लब नेवेल ओल्ड ब्वायज फर्किने इच्छा पनि व्यक्त गरेको बताइएको छ ।

१३ बर्षको उमेरमा बार्सिलोनामा आएका मेसीले २१ बर्ष बार्सिलोनामा बिताएर अब अन्तत: क्लब छोड्ने भएका छन् । यस अवधिमा मेसीले १० ला लिगा उपाधि, चार च्याम्पियन्स लिग उपाधि जितेका छन् । हालै पहिलो पटक अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका ३४ बर्षिय मेसीको नाममा बार्सिलोनामा धेरै खेल खेलेको, धेरै गोल गरेको, धेरै उपाधि जितेको जस्ता कैयौं रेकर्ड रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री