मन्त्री छान्न बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाउन आजका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ३ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताको कारणले देखाउदै स्थगित भएको जनाइएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याउने बताइएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन् । बाँकी पाँच जना मन्त्रीहरुको टुंगो आज लाग्ने माओवादी स्रोतको दावी छ ।

माओवादीको स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो । उक्त बैठकले केन्द्रीय कमिटी बैठक १० दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको छ । उक्त मितिसम्ममा देशैभर वडा कमिटी गठन गरिसक्न पार्टीपंक्तिलाई निर्देशन समेत दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस