स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि रोकिएको खोप कार्यक्रम सुचारु

काठमाडाैँ । स्वास्थ्यकर्मी माथि कुटपिट भएपछि रोकिएको काठमाडौं टोखा नगरपालिकाको खोप अभियान आजबाट पुनः सञ्चालनमा आउने भएको छ ।

खोप अभियान चलिरहेका बेला साउन १६ गते धापासीस्थित ग्रान्डी अस्पतालमा टोखा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएको थियो । स्वास्थ्यकर्मीमाथि हातपात भएपछि खोप कार्यक्रम स्थगित गरिएको थियो ।

गैरेलाई स्थानीय रामकाजी थापालगायतको समूहले हातपात गरेको थियो । कुटपिटमा संलग्न समूहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले पिटाइ खाने गैर र प्रहरी समक्ष गल्ती स्वीकार गरी माफी मागिसकेको टोखा नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

आज १० बजेबाट खोप अभियान पुनः सुरु हुँदैछ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, ग्राण्डी अस्पताल र मनोहर माध्यमिक विद्यालय खोप केन्द्रमा खोप लगाइँदै छ ।

यस अभियानमा ५० वर्षमाथिका व्यक्ति, शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई भेरोसेल खोप लगाइने जानकारी नगरपालिकाले दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री