काठमाडाैँ । काठमाडौंबाट ७ किमि पर दक्षिणकाली जाने बाटैमा पर्छ टौदह । ‘टौ’ भनेको नाग वा सर्प र ‘दह’ भन्नाले पोखरी अर्थात् नाग बस्ने स्थल हो । उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक तालमध्ये टौदह पनि एक हो ।
करिब सय रोपनी क्षेत्रफलमा यो फैलिएको छ । टौदह रातो मच्छिन्द्रनाथको भोटो जात्राको किंवदन्तीसँग प्रत्यक्ष जोडिन्छ । राजधानीको नजिकै रहेर पनि चर्चामा आउन नसकेको टौदहको सुन्दरता अहिले बढको छ । उपत्यकामा घुम्नलायक गन्तव्यमा यो पनि पर्न थालेको छ ।
मञ्जुश्रीले चोभारको डाँडो काटेर उपत्यकाको पानी बाहिर पठाउँदा कर्कोटक नाग पनि बाँहिर जाने भएकाले यसबाट अनिष्ट हुने भएपछि टौदहमा विराजमान गराइएको जनविश्वास छ । जहाँ साइबेरियादेखि नेपालका विभिन्न भागमा पाइने थुप्रै प्रजातिका चराहरूको सजिलै अवलोकन गर्न पाइन्छ ।
चरा मात्र होइन, अन्य जलचर प्रजातिको समेत अवलोकन गर्न पाइन्छ । हेरिरहुँ लाग्ने, रमाइरहुँ लाग्ने टौदह क्षेत्र पुग्ने जो कसैको मन त्यसै अघाउँदैन । कीर्तिपुरमा अवस्थित टौदह काठमाडौंको रत्नपार्कबाट जम्मा ११ किलोमिटरको दूरीमा छ ।
हेर्नुहोस् तस्वीरहरु :-





