मेगा बैंकले मृतकको परिवारलाई दियो बिमा बापत सात लाख रुपैयाँ

काठमाडाैँ । दुर्घटनामा परेर असामयिक मृत्यु भएका ग्राहकका परिवारलाई मेगा बैंकले बिमा बापत सात लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम उक्त रकम हस्तारन्तरण गरेको हो । मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले मृत्यु भएका ग्राहक हिमालयकी श्रीमती ममिता गुरुङलाई बिमा बापतको रकम हस्तान्तरण गरेका हुन् ।

संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाडौंको बालाजुमा दुर्घटनामा निधन भएको थियो । न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री