ललितपुरमा भेरोसेल खोप लगाइँदै, यी हुन् २९ खोप केन्द्र

काठमाडाैँ । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ ।

साउन १५, १६, १७ गते खोप कार्यक्रम हुनेछ । ४५ वर्षमाथिका नागरिकले आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउने छन् । महानगरका अनुसार १८ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ । यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री