प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षीको बधाई सन्देश

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी हुन् ।

‘चिनियाँ प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवालाई बधाइ सन्देश पठाउनु भएको छ,’ राजदूत होऊले लेखेकी छन्, ‘सन्देशमा प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवाको कार्यकालमा दुई मुलुकबीचको रणनीतिक साझेदारीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भएको छ । साथै उहाँसँग मिलेर काम गर्न चीन इच्छुक रहेको बताउनु भएको छ ।’

कांग्रेसका सभापति देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले साउन ३ गते संसदबाट विश्वासको मत लिएका थिए । यसैबीच चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ली खछ्याङले कोरोना महामारीको चुनौतिहरू पार गर्न, उच्च गुणस्तरीय बीआरआई परियोजना प्रबर्द्धन गर्न, बिभिन्न क्षेत्रमा पारस्परिक लाभदायक सहयोग विस्तार गर्न र दुई देशको रणनीतिक साझेदारीलाई निरन्तरता दिनको लागि मिलेर काम गर्ने अपेक्षा गरेका छन् ।

https://twitter.com/PRCAmbNepal/status/1420355411417329664

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री