रवीन्द्र मिश्र राप्रपामा प्रवेश गरे हुन्छ : खगेन्द्र संग्राैला

काठमाडाैँ । लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दा हुने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत संग्रौलाले यस्ताे बताएका हुन् ।

संग्रौलाले ट्विट गर्दै लेखेका छन्,‘न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ । कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरुक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे भइगो नि !’

अध्यक्ष मिश्रले सोमबा) संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए । सोही प्रस्तावलाई लिएर संग्रौलाले यस्तो अभिव्यक्ति दिएका हुन् । मिश्रको प्रस्तावलाई लिएर अहिले चारैतिर चर्को आलोचना भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री