प्रधानमन्त्री ओलीको संबोधन स्थगित

काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनेको संबोधन स्थगित भएको छ । प्रतिनिधिसभाको बैठकमा आज हुने भनिएको प्रधानमन्त्री ओलीको संबोधन भोलि मात्र हुने भएको छ ।

आज विनियोजन विधेयकमाथिको छलफल जारी रहेकोले प्रधानमन्त्रीको सम्बोधन भोलि विहान ११ बजे गर्न लागिएको हो ।

६ दिने चीन भ्रमणबाट हिजो स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे संसदमा जानकारी गराउन लागेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री