आत्महत्या गरेका अर्जेन्टिनाका फ्यान डिनुको शब भेटियो

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा क्रोसियासँग अर्जेन्टिना पराजित भएपछि भारतको केरेलाका डिनु एलेक्सले आत्महत्या गरेका थिए । जित हासिल नगरेपछि सुसाइड नोट लेखेर बेपत्ता भएका डिनुको शब कोट्टयमको इलिक्कल पुल नजिकै भेटिएको हो । उनी शुक्रबारबाट बेपत्ता भएका थिए ।

स्टार फुटबलर लियोनल मेसीका प्रशंसक डिनुको कोठाबाट एउटा सुसाइड नोट भेटेको थियो । मेस्सीका डाइहार्ट फ्यान रहेका उनले आफ्नो सुसाइड नोटमा समेत मेस्सीबारे प्रशंसा गरेका थिए ।

आइसल्याण्डसँग एकएक गोलको बराबरी खेलेको अर्जेन्टिना क्रोसियासँग भने लज्जास्पद हार नै भोग्न पुग्यो । उक्त खेलपछि भने फ्यानहरुको धैर्यताको बाँध नै टुट्यो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस