आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

काठमाडौं । नेपालमा फेरि मनसुन सक्रिय बन्दै गएको छ । मनसुन सक्रिय बनेसँगै अबको चार दिन देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बर्षाका कारण कर्णाली र यसका सहायक नदीहरुमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

कोशी, नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा पनि बहाव बढ्ने छ । विशेष गरी सुनकोशी, तामाकोशी, दूधकोशी, अरुण, तमोर, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री