चार प्रदेशमा भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखा तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली रही प्रदेश-१ र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदूरपश्चिचम प्रदेशका थोरै स्थानमा भारी र धेरै भारी (ठूलो) वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने जनाएको विभागले यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई काठमाडौं ल्याइने

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस