दुर्घटना न्यूनीकरण गर्न भक्तपुर ट्राफिकले ल्यायो राडर गन प्रयोगमा

भक्तपुर  । दुर्घटना न्यूनीकरण गर्न भक्तपुर ट्राफिकले राडर गन प्रयोगमा ल्याएको छ । पछिल्लो समयमा साँगादेखि छ लेन सडक कोटेश्वर खण्डसम्म अत्याधिक मात्रामा सडक दुर्घटना बढेपछि दुर्घटना कमी गर्ने उद्देश्यका साथ महानगरिय ट्राफिक प्रहरी परिसर भक्तपुर सल्लाघारीले राडर गन प्रयोगमा ल्याएको हो ।
तिब्र गतिमा सवारी चलाउने गर्दा दुर्घटना बढेको भन्दै नियन्त्रणका लागि राडर गनको प्रयोग ल्याईएको ट्राफिक कार्यालय भक्तपुरका प्रमुख जगत नेपालीले जानकारी दिए । सवारी चालकमा सवारी सम्बन्धि ज्ञानको कमी र सडक सभ्यतालाई पालना गर्न नसक्दा छ लेन सडकमा दुर्घटना बढेको उनले बताए ।
उनले भने, हाल गति मापनका लागि राडर गनको उपयोग ल्याएको र हरेक दिन जसो झन्डै दर्जनौ सवारी तिब्र गतिकै कारण कारवाहीमा पर्ने गरेका छन् ।
उनले भने, धेरै जसो दुई पाँग्रे सवारी चालकहरुले गतिको मापदण्ड उल्लघंन गरि चलाउने गरेको कारवाहीको दौरानमा भेटिने गरेको छ ।
छ लेन सडकमा सवारी दुर्घटनाका लागि बिभिन्न खालका जनचेतनामूलक कार्यक्रममका साथै सवारी चालकहरुलाई बेला मौकामा सवारी ज्ञानसम्बन्धिका कक्षाहरु समेत सञ्चालन गरिरहेको उनले बताए ।
पछिल्लो समयमा मापसे गरेर सवारी चलाउने प्रबृतिमा कमि आएता पनि द्रुत गतिका कारण भने सवारी दुर्घटना बढ्कै कारण गति नियन्त्रणका लागि राडर गन उपयोगी सावित हुने देखिन्छ । बिगतमा समेत राडर गनको प्रयोग गरिएता पनि सो राडर गन बिग्रिएर थन्किएपछि राडर गन प्रयोगमा ल्याउन नसकिएको अवस्थामा नयाँ राडर गनको आगमनले गति नियन्त्रणमा सहयोगी भूमिका खेल्ने सल्लाघारी भक्तपुर ट्राफिक जनाएको छ ।
भक्तपुरमा पछिल्लो समय दुई महिनाको अन्तरमा छ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । अधिकाशं दुर्घटनामा ट्रिपर र ट्रकले ठक्कर दिँदा दुई पाँग्रे सवारी चालकहरुले ज्यान गुमाएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री