काठमाडाैँ । बाग्लुङको गलकोट नगरपालिका वडा नम्बर ७ मा लोकल रक्सी पिउँदा चार जनाको मृत्यु भएको छ । दुई जना गम्भीर बिरामी भएका छन् ।
त्यहाँको खानेपानी आयोजनामा काम गरिरहेका मजदुरहरुको सोमबार रक्सी पिउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । मदिरा पसलका सन्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
प्रतिकृया दिनुहॊस