केन्द्रीय सदस्यमा शाहले उमेद्वारी दिने

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले केन्द्रीय सदस्यको उमेद्वारी घोषणा गरेका छन् । काठमाण्डौमा भएको यूवाहरुको भेलामा आफ्नो धारणा राख्दै नेता शाहले नेपाली कांग्रेसले १४ औं महाधिवेशन आफ्नो केन्द्रीय सदस्यको उमेद्वारी रहने घोषणा गरेका हुन । नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गदैछ ।
महासमिति सदस्य समेत रहेका शाहले संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नं.२ बाट प्रत्यक्षतर्फ उमेद्वार रहेका थिए भने नेपाली काँग्रेसको १३ औं महाधिबेशनमा खुल्ला तर्फ केन्द्रीय सदस्यको उमेद्वार रहेका थिए । यूवा भेलामा शाहले नेतृत्व परिवर्र्तनका लागि सबै एक ठाउँमा रहनु पर्ने बताए । विभिन्न ठाउँमा देखिएको क्रियाशिल सदस्यताका विषयमा पार्टीको विधि, विधान प्रक्रिया तथा पार्टीको केन्द्रीय समिति तथा पदाधिकारीहरुको बैठकका आधारमा निष्पक्ष तरिकाले सामाधान गर्नु पर्नेमा समेत जोड दिए । कुनै व्यक्तिको नाममा पार्टी कब्जा गर्ने नियतले दिइएको क्रियाशिल सदस्यता खारेज गर्नुको विकल्प नरहेको बताए ।
नेपाल तरुण दलको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका शाह जनताका माझ रही उनीहरुको सेवा लागेको र नेता तथा कार्यकर्तासँग सम्पर्क रहेका कैलाली क्षेत्र नं. २ का निवर्तमान क्षेत्रीय सभापति देवानन्द जैशीको भर्नाइ छ । पार्टी भित्रको आन्तरिक समस्या तथा क्रियाशिल सदस्यताका विषयमा उत्पन्न विवादका सन्दर्भमा काँग्रेस संस्थापनइतर समुहले सोमबार काठमाण्डौमा भेलाको आयोजना गरेको थियो । भेलामा केन्द्रीय सदस्य गगन थापा, दीपक गिरी, चन्द्र भण्डारी, गुरुराज घिमिरे, रजित कर्ण, सरिता पसाई, अनिता यादब लगायतको उपस्थिती रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अध्यक्ष प्रचण्ड नगरकोटी दम्पतीका छोरीको अभिभावक बन्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीले …

प्रतिकृया दिनुहॊस