राष्ट्रिय वाणिज्य बैंकद्धारा स्वास्थ्य शिविर संचालन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक  गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ५ दर्बुङ्ग स्थित बुढिगण्डकी आयोजनाबाट प्रभावित जनसमुदायका लागि स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

ललितपुरको किष्ट शिक्षण अस्पतालको सहकार्य र गोरखा जिल्ला गण्डकी गाउंपालिकाको समन्वयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा स्थानीय विरामीहरुलाई जनरल, मानसीक र स्त्रीरोग विशेषज्ञहरुबाट परामर्श सेवा प्रदान गरी औषधी समेत वितरण गरिएको थियो ।

बैंकले स्थानीय जनसमुदायको भव्य उपस्थिति रहेको सो कार्यक्रममा वित्तीय सचेतना कार्यक्रम समेत संचालन गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री