सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

काठमाडौं । सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने वताएकाे छ । दराजको महाबचत बजार योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् रु.१५ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछ भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् रु.२ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछ ।

यो योजना २०७८ साउन ३ देखि २०७८ साउन ७ गतेसम्म लागू हुनेछ । साे समझदारीपत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका छन् । सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९५ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विषेश छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच …

प्रतिकृया दिनुहॊस