काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको आज एकैदिन संसदीय दलको वैठक बस्दैछ । नेकपा माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको छ ।
आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिएका छन् । माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ ।
यस्तै सत्तारूढ नेपाली कांग्रेसको पनि आज संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिए ।
सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल बताइएको छ ।
प्रतिकृया दिनुहॊस