साउदी अरेबियाले हटायो महिलाले गाडी चलाउन नपाउने नियम

काठमाडौं । साउदी अरेबियाले आइतबारदेखि महिलालाई सवारीसाधन चलाउने अनुमति दिएको छ। महिलालाई सवारी साधन चलाउन प्रतिबन्ध लगाउने विश्वको एकमात्र मुलुक साउदीले समाजिक सुधार अभियान अन्तर्गत त्यो प्रतिबन्ध हटाएको हो।

युवराज मोहम्मत बिन सलमानको यो सामाजिक सुधार अभियानले कट्टरपन्थी मुलुकलाई आधुनिकीकरणको दिशामा लैजाने अपेक्षा गरिएको एएफपीले जनाएको छ। हजारौँ महिला चालकहरू दशक लामो ड्राइभिङ प्रतिबन्ध हटेपछि यसलाई महिलामाथिको दमन अन्त्यको सुरुवात भएको भन्दै खुसी भएको समाचारमा जनाइएको छ।

‘यो हरेक साउदी महिलाका लागि खुसीको कुरा हो’, एक साउदी टेलिभिजन प्रस्तोता आफ्नो गाडी चलाउँदै भनिरहेकी थिइन्। यो सुधारले त्यहाँका महिलालाई परिवारका पुरुष सदस्यकोमात्र भर पर्नुपर्ने अवस्थाबाट मुक्त गरिदिएको जनाइएको छ।

‘चालकका लागि घण्टौँ कुर्नुपर्ने अवस्था अन्त्य भएको छ’, फार्मेसी अध्ययनरत २१ वर्षीय ह्‍यातोन बिन दखिलले एएफपीसँग भनेकी छन्- ‘अब हामीलाई लोग्ने मान्छे चाहिन्न।’

अन्नपूर्ण

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गर्‍यो विराटनगरमा बीमा सचेतना कार्यक्रम

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा …

प्रतिकृया दिनुहॊस