प्रधानमन्त्री देउवाको निर्देशन, ‘कोरोना रोकथाम र उपचारलाई प्रभावकारी बनाउनू’

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे बुधबार सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएका छन् ।

बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए । देउवा नेतृत्वको सरकारले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउने निर्णय गरेको थियो । मंगलबार कार्यभार सम्हालेपछि प्रधानमन्त्री देउवाले राखेको पहिलो मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री