पाटेबाघको छालासहित कैलालीबाट दुई जना पक्राउ

कैलाली ।कैलालीको गौरीगङ्गा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।प्लाष्टिकको सेतो कट्टामा बोकेर हिँडिरहेको अवस्थामा रोकेर जाँच गर्दा कट्टाभित्र लम्बाइ १० फिट र चौडाइ छ फिट सात इन्च भएको पाटेबाघको छाला फेला परेको हो । पक्राउ परेका उनीहरूलाई छालासहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री