काठमाडौं । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापतको बिमा रकम भुक्तानी गरेको छ ।
झापाको दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खालेका दमक-५, झापा निवासी ४४ वर्षिय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत १० लाख भुक्तानी गरिएको हो ।
कटुवाललाइ बैंकका प्रदेश १ का डेपुटी पिएइ प्रकाशचन्द्र अधिकारीूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा उक्त रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।
बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ जना भन्दा बढी ग्राहक महानुभावहरूले बिमा वापतको ३ करोड २० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।
तपाईंको प्रतिकृया




