यी जिल्लामा छ आज बाढीको जोखिम

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज (बुधबार) पनि देशका धेरैजसो भू–भागमा वर्षा हुने मौसमविदले बताएका छन् । आज देशका चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

बर्षाका कारण कोशी, महाकाली जलाधारका सहायक नदीहरुमा आज पानीको बहाव केही बढ्ने तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानूमान छ । कन्काई, कमला, वागमती, तिनाउ र यसका सहायक नदीमा पनि बहाव केही बढ्ने छ । केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

नारायणी, कर्णाली र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुनेछ । पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको मापनानुसार महाकाली, कर्णाली, नारायणी, कोशी र सहायक नदीहरुमा बहाव सतर्कता तहभन्दा तलै रहेको जनाइएको छ ।

यस्तो छ बाढी पूर्वानुमान :-

प्रतिक्रिया दिनुहोस्
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री