आठ वर्षिय बालकको पेटमा ७ सय ग्राम जुका भेटिएपछि

ओखलढुंगा । ओखलढुंगामा आठ वर्षिय बालकको पेटबाट ७ सय ग्राम बढी जुका निकालिएको छ । चिसंखुगढी गाउँपालिका ६ भदौरेका झनमाया राना मगरका ८ बर्षिय छोरा मदन मगरको पेटबाट शल्यक्रिया मार्फत उक्त मात्रामा जुका निकालिएको हो ।लामो समयदेखि बिरामी परेका मगरलाई सामुदायिक अस्पताल मिसन ल्याईएपछि डक्टरहरुको दुई घन्टाको प्रयासपछि जुका निकाल्न सफल भएको अस्पताल स्रोतले जनाएको छ ।जुकाकै कारण बालकको स्वास बढ्ने, हिड्न नसक्ने, खाना खान मन नगर्ने र बान्ता गर्ने लगायतका लक्षण देखाएको  थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बालक अस्पतालमा आईपुग्दा  पेट फुलेको पाईएकाले पेटभित्र सक्रमण भएको आशंका गरिएको भएपनि वास्तविकता थाहा पाउदाँ आफुहरु समेत चकित भएको डक्टर रबिन्द्र मेहताले बताए ।

‘हामीले बच्चाको एक्स्रे गरेर हेर्याै एक्स्रेमा आन्द्राको अवरुद्ध भएको देखियो तर जुकै हो भन्ने चहीँ अनुमान समेत गरेका थिएनौ ।’ पहिले बालकलाई औषधी चलाएको भएपनि निको नभएपछि आन्द्र काटेर जुका निकालेको उनको भनाई छ । ‘औषधिले काम नगरेपछि अप्रेशन गरियो अप्रेसन गर्दा चाउचाउ जस्तो गुजुल्टिएको साडे सात सय ग्राम जुका निकालियो ।’

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री