काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
यस्तै आज तेवाजी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार हुने भएको छ । चाँदीको आज तोलामा १० रुपैयाँले बढेको छ । प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ ।
तपाईंको प्रतिकृया




