एमाले विवाद : आज एकताको सन्देश सुनाइने

काठमाडौँ । नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलका नेताहरुले पार्टीभित्र देखिएको विवाद समाधान भएको दाबी गरेका छन् । पछिल्ला दिन निरन्तर छलफलमा रहेको कार्यदलले कामलाई टुंगो लगाइसकेको दाबी गरेको हो ।

विवाद समस्या समाधान गर्दै दलले आज पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्णराज विष्टले जानकारी दिए । उनका अनुसार दलभित्रको समस्या सामाधन गर्ने विन्दुमा आफूहरु आइपुगेको जनाउँदै सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ ।

‘हामी आइतबार पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने छौँ । त्यो विन्दुसम्म पु¥याउनका लागि हामीले धेरै हदसम्म सहमति गरेका छौँ’, उनले भने, ‘अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ । एकताको सार्थक निष्कर्षमा पुग्दैछौँ ।’

प्रधानमन्त्री ओली पक्षबाट कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले पनि आफूहरुले कामलाई टुंगो लगाइसकेको दाबी गरे । उनले भने, ‘काम टुंग्याए बराबर छ । आइतबार बिहान सुखद् समाचार सुन्‍न पाउनुहुनेछ ।’ एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री