अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने कोभिड खोप निःशुल्क दिने

काठमाडौँ । अमेरिकाले करिब १५ लाख नेपाली नागरिकलाई पुग्ने गरी कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । उक्त परिमाणको खोप केही दिनमै उपलब्ध हुने भएको हो ।

अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप पठाउनेछ । ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड-१९ खोप निःशुल्क उपलब्ध गराउँदैछ,’ अमेरिकी राजदूत र्‍यान्डी बेरीले भनेका छन्, ‘नेपाल-अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुसीको क्षण हो ।’

अमेरिका सदैव नेपालीहरूको साथमा रहेको उनको भनाई छ । ‘नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ,’ राजदूत र्‍यान्डी बेरीले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …