युनियन लाईफको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन

काठमाडाै । आईपीओमा दोस्रो दिनमा २.९४ गुणा बढी आवेदन परेको छ । आईपीओ खुलेको दोस्रो दिन शुक्रबार दिउँसो ३ बजेर ३० मिनेट जाँदासम्म ११ लाख २८ हजार ३ सय ८४ जना आवेदकले १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन दिएका छन् ।

कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएकाे जानकारी अनुसार आज दिउँसोसम्म १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन परेको छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन सकिनेछ । आउँदाे असार २८ गते सोमबारसम्म आवेदन दिन सकिने कम्पनीले वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री