काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसैको प्रभावका कारण आज पनि देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखााका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले प्रदेश-१, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा प्रदेश–२, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको हो । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
बर्षाका कारण आज महाकाली, कर्णाली, कोशी, नारायणी नदी र यिनका सहायक नदीहरुमा पानीको बहाव केही बढ्नेछ । तर, सबैमा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । आज पश्चिम राप्ती, तिनाउ, बबई र यिनका सहायक नदीहरुमा पनि बहाव बढ्ने छ ।
केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्तीलगायतमा बहाव समान्य घटबढ हुने जनाइएको छ ।
यस्तो छ बाढीको पूर्वानुमान





