काठमाडौं । एभरेस्ट बैंक झण्डा सगरमाथाको चुचुरोमा फहराएको छ । बैंक ब्रान्ड फेसका रूपमा रहेका कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पामार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो ।
बिहीबार बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमकाबीच सो झण्डा आरोही शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. संधिर कुमारलाइ हस्तान्तरण गरेका छन् ।
सोही कार्यक्रममा ग्रिसमकालमा माउन्ट के टु को सफलता पुर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाईसमेत सम्मान गरिएको बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




