डा. डिला संग्रौलाको अपिल- पार्टीका सबै संरचनामा महिलालाई निर्णायक तहमा पुर्याऊ

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको महाधिवेशनबाट सबै संरचनामा महिलालाई निर्णायक तहमा पुर्याउन अपिल गरेकी छन् । नेतृ डा. संग्रौलाले काँग्रेसको विधानमा सबै तह र संरचनामा केही हदसम्म प्रतिनिधित्व गराए पनि निर्णायक तहमा जबसम्म महिलालाई पुर्याउनु सकिदैन तबसम्म महिलाको योगदानको कदर हुन नसक्ने टिप्पणी गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्- ‘आउदो नेपाली काङ्ग्रेसको १४ औ अधिबेशनमा करिब साढे आठलाख कृयाशिल सदस्य भएको जानकारी प्राप्त भएको छ । त्यसमा एक चौथाई पनि महिलाको उपस्थिती नभएको अबस्था छ । २३ प्रतिशत महिलाले मात्र कृयाशिल सद्स्यता प्राप्त गरि बुथ समितीदेखि केन्द्रसम्म प्रतिस्पर्धी गर्नु पर्ने अवस्था सृजना भएको छ । हाम्रो जगलाई अझै सुधार गर्न सकेका छैनौं । जे जस्तो अबस्थामा हामी छौ त्यसबाट महिला बिचमा एकता ल्याइ आउदो अधिबेशनबाट सबै संरचनामा महिलालाई निर्णायक तहमा पुर्याउ ।’

उनले आधा आकाशभन्दा बढी जनसंख्या ओगटेको महिलालाई राज्य र पार्टीका विभिन्न निकायहरुमा प्रतिनिधित्व गराउने संबैधानिक ब्यबस्था गरेपनि व्यबहारमा लागू भने अझै हुन नसकेको बताउदै ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व गर्ने भनिए पनि निर्णायक तहमा महिलाको उपस्थिति भने ज्यादै नगन्य भएको बताएकी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री