सबै उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सबै किसिमका उडानहरु खुला गर्ने भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्त्रालयले जानकारी दिएकाे छ ।

सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि हवाई उडान बन्द गरेको थियो । सबै आन्तरिक उडान ठप्प पारेको ६९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो । त्यस्तै नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न भन्दै मन्त्रिपरिषद् बैठकले भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, नाघ्यो १ लाख ४१ हजार

काठमाडौं । नेपाली बजार आज (सोमबार)पनि सुनचाँदीको भाउले नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला …

प्रतिकृया दिनुहॊस