बैंकिङ प्रणालीमा तरलता थुप्रियो

काठमाडाै । आर्थिक बर्ष सकिन केहि साता अगाडि देखिनै बैंकिङ प्रणालीमा निक्षेपको मात्रा बढ्दै छ। एक साताको अन्तरालमा बैंकिङ प्रणालीमा कर्जा प्रवाहको तुलनामा निक्षेप तीन गुणा बढीले वृद्धि भएको हो। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघअनुसार असार १८ गतेसम्म बैंकिङ प्रणालीमा निक्षेप ४७ अर्बले बढेको छ । कर्जा १५ अर्बले बढेको छ।

असार १८ गतेसम्म बैंकिङ प्रणालीमा निक्षेप ४० खर्ब ४६ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३६ खर्ब ६८ अर्ब पुगेको छ। यो तथ्यांकले चालु आर्थिक बर्षको अन्तिमतिर आइपुग्दा बैंकिङ प्रणालीमा कर्जा प्रवाहको तुलनामा निक्षेपको मात्रा उल्लेख्य रुपमा बढेको देखाउँछ।

आर्थिक बर्षको अन्तिमतिर बैंकहरु निक्षेप संकलन तथा रिकभरीमा लाग्ने र यहि बेला सरकारले बिकास खर्च पनि गर्ने भएकाले बैंकिङ प्रणालीमा कर्जा प्रवाहको तुलनामा निक्षेपको मात्रा धेरैले बढी हुन्छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देब कुमार ढकालका अनुसार असार २२ गतेसम्म नेपालको बैंकिङ प्रणालीमा २९ अर्ब तरलता अर्थात लगानी योग्य रकम रहेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका क्युआर मर्चेन्टस्हरूलाई बिना धितो २ लाख सम्मको ‘फोनलोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहलाई बिना झन्झट कुमारी …

प्रतिकृया दिनुहॊस