बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आज मगंलबार सुनचाँदीको मूल्य बढेको छ । छापावाला सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ । आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री