अजोड इन्स्योरेन्सकाे तेस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडाै । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले प्रधान कार्यालय सहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ भने कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् ।

कम्पनीले प्रदान गर्ने बीमा सेवालाइ छिटो छरितो भरपर्दो र स्तरीय बनाउदै लैजानका लागि Web base System र Computer Billing  को व्यवस्था गर्नुका साथै दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त एवम् पारदर्शि बनाउने उदेश्यले Fast Track  दावी भुक्तानी नीति अवलम्वन गरि रु.२ (दुई) लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ । कम्पनीले Integrated MIS System, Investment Software, Group SMS System, AJOD Chat board को शुरुवात गरि सकेको छ । त्यसैगरी Digital Payment Gateway का लागि कम्पनीले IME Pay, Prabhu Pay, NICASIA Phone Pay, Cell Pay, Khalti, e-Sewa , Pay well, Connect IPS आदि सेवाहरु समेतको शुरुवात गरिसकेको छ ।

चालु आ.ब.को २०७८।०३।२१ गते सम्म कम्पनीको चुक्ता पूँजी १(एक) अर्व, लगानी रु.१४७.३१ करोड र कुल दाबी भुक्तानी रु.५८.९७ करोड ( कोरोना बीमा दाबी भुक्तानी रु.१२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी रु.४६ करोड ) रहेको छ ।

कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा Digital Insurance Policy जारी गर्ने प्रकृयामा रहेको छ । साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहुँच बढाउनको लागि देशका सुगम देखी दुर्गम क्षेत्रमा समेत आफनो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यक्ताका आधारमा केही नयाँ बीमालेखहरु पनि प्रचलनमा ल्याउने तयारी गरेको छ ।

कोराेना भाइरस ( कोभिड–१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिका वावजुत हाल सम्म १२०७०६ बीमालेख जारी गरी रु. १२०.८३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको कुरा हामी सहर्ष जानकारी गराउँदैछाैं । यसै सन्दर्भमा कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सव भब्यरुपमा मनाउन कोरना भाइरस ( कोभिड–१९) कारण सम्भव रहेन तथापि प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफद्वारा पहिलो त्रैमासको व्यापार समीक्षासहित आगामी रणनीति तर्जुमा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय ‘बिजनेस रिभ्यू मिट’सम्पन्न गरेको छ । काठमाडौँमा …

प्रतिकृया दिनुहॊस