कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

काठमाडाैं । कामना सेवा विकास बैंकको नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंपालिका वडा नं. १ दुम्किबासस्थित शाखा कार्यालय स्थानान्तरण भएकाे बैंकले वताएकाे छ । हाल सञ्चालित भवनदेखि करिब ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा स्थानान्तरण भएको बैंकले वताएकाे छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले साे स्थानान्तरित शाखा कार्यालयको उमुद्घाटन गरेका छन् ।

सोसल मिडिया बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको बैंकले वताएकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप