राष्ट्रिय सभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आइतबार पनि बस्दै छ । आठौं अधिवेशनको दोस्रो बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७/०७८ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

यही असार १७ गते आठौं अधिवेशनको पहिलो बैठक बसेको थियो । त्यस दिन केही अध्यादेशहरू सभासमक्ष पेस गरिएको थियो । केही सदस्यहरुले बोलेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री