फाइल फोटो

आज कहाँ-कहाँ छ बाढीको जोखिम ? (सूचनासहित)

काठमाडौं । मनसुनी प्रभावका कारण अहिले पनि देशका धेरै भू–भागमा बर्षा भइरहेको छ । आज पनि देशका चार प्रदेशमा भारीदेखि अति भारीसम्मको वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

लगातारको वर्षाका कारण अहिले देशभरको जनजीवन प्रभावित भइरहेको छ । आज कोशी, नारायणी र यसका सहायक नदीहरुमा पानीको बहाव केही बढ्ने मौसमविदले जानकारी दिएका छन् । केही स–साना सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

कन्काई, कमला, वागमती, पूर्वी राप्ती, बबई जलाधारका स–साना सहायक नदीहरुमा बहाव केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सके पूर्वानुमान छ । आज बिहानको मापनानुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य र सबैमा बहाव सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम विज्ञान विभागअन्तर्गतको महाशाखाका अनुसार आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहनेछ । यस्तै, पश्चिम राप्तीमा पनि बहाव सामान्य रहने जनाइएको छ ।

हेर्नुस् सूचना :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after