कर्णालीको राजस्व संकलन उत्साहजनक

कर्णाली । कर्णाली प्रदेश सरकारले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेकाे छ । कोरोना महामारी जारी रहेको अवस्थामा पनि कर्णाली सरकारले चालु आर्थिक वर्षको ११ महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड भन्दाबढी राजस्व संकलन भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कर्णालीमा चालु आर्थिक वर्षको ११ महिनाको अवधिसम्म ४६ करोड ३३ लाख आन्तरिक राजस्व संकलन भएको हाे। यो रकम लक्ष्य भन्दा बढी १६ करोड बढी रहेको  मन्त्रालयले वताएकाे छ ।
सरकारले चालु आर्थिक वर्षमा ३० करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

विभिन्न क्षेत्रको ऐन कानुन र कार्यविधि पारित गर्दै प्रदेश सरकारले पछिल्लो समय करको दायरा फराकिलो बनाएपछि राजस्व संकलनमा वृद्धि भएको छ । स्रोतको पहिचान गरी करको दायरा बढाएसँगै कर्णालीमा राजस्व असुली बढेको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा ७ करोड ३ लाख मात्र राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०७६/०७७ मा २३ करोड ४४ लाख रूपैयाँ राजस्व संकलन गरिएको थियो ।

प्रदेशमा लगानी भित्राउने उद्देश्यले कर्णाली सरकारले १० वर्षसम्म कर र राजस्वमा छुट दिने नीति लिएको छ भने कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ मा ६० करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

स्पेनमा मुसलधारे वर्षा र बाढीबाट मारिनेको सङ्ख्या ९५ पुग्यो

काठमाडौं । स्पेनमा दशकौं यता नदेखिएको भयानक बाढीका कारण हालसम्म कम्तिमा ९५ जनाले ज्यान गुमाएका …

प्रतिकृया दिनुहॊस