सुनको मूल्य ८ सयले बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार छापावाला सुन तोलामा ८ सय रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार ९० हजारमा कारोबार भएको सुनको मूल्य आज बढेर ९० हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री