मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको गयो ज्यान

सप्तरी । सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक महिलाको ज्यान गएको छ । हिजो सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका–६ महुली बजार बस्ने ३५ वर्षीया जहादा खातुनको करेन्ट लागेर ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोबाइल चार्ज गर्ने क्रममा तार सर्ट भइ करेन्ट लागेर जहादा घाइते भएकी थिइन् । उनको नर्सिङ होम अस्पताल विराटनगरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री