भाेलीदेखि काठमाडौंमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात चलाउन पाइने

काठमाडौं । भाेली मंगलबारदेखि काठमाडौँ उपत्यकामा २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक साधन सञ्चालनमा आउने  ती साधनमा जोर बिजोर प्रणाली अवलबन गरिने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले सार्वजनिक यातायात सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दुरी कायम हुने गरी गर्न भनिएको छ ।

कूल सिट क्षमता भन्दा बढी संख्या राख्न भने पाइनेछैन । चालक,सहचालक तथा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ । यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएकाे छ ।

सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चल्न पाउने निर्णय गरिएको हो । गत वैशाख १६ गतेदेखि सार्वजनिक सवारी साधन चलाउन रोकिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

tihar-1024x569/चाडबाडको नाममा फैलियो विकृति

आज तिहारको कुनै पर्व छैन, भोलि गोवर्धन पूजा

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहॊस