स्याङ्जामा चितुवाको आक्रमणमा परी एक घाइते

काठमाडाैँ । स्याङ्जामा चितुवाको आक्रमणमा परी एक जना घाइते भएका छन् ।  चितुवाको आक्रमणबाट जिल्लाको गल्याङ नगरपालिका-७ पुल्चोक निवासी ३८ वर्षीय लालबहादुर विक घाइते भएका हुन् ।

आक्रमणमा परी सामान्य घाइते भएका विक उपचारपछि घर फर्किएका छन् । चितुवाले सर्वप्रथम पुल्चोककै खड्क बहादुर गाहा मगरको बंगुरको खोरमा आक्रमण गरेको थियो । आक्रमणमा परी बंगुरका तीनवटा पाठापाठी मरेका छन् ।

चितुवाले स्थानीयलाई पनि आक्रमण गर्न खोजेपछि प्रहरी गोली चलाउन बाध्य भएको थियो । गोली लागी चितुवा मरेको छ । प्रहरीले चितुवालाई शव डिभिजन वन कार्यालय गल्याङमा बुझाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री